युक्रेनमा एउटा प्रमुख बाँध भत्किएपछि जोखिम क्षेत्रमा उद्धारको काम चल्दै

काठमाडाैं | जेठ २४, २०८०

युक्रेनमा एउटा प्रमुख बाँध भत्किएपछि जोखिम क्षेत्रमा उद्धारको काम चल्दै

 रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।

 

त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ भने अहिले पनि उद्धारको काम भैरहेको छ ।

 

युक्रेनका आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताउनुभएको छ ।  कतिपय मानिस बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन् । ड्नीप्रो नदीमा तीव्र रूपमा पानीको बहाव बढिरहेको छ ।

 

खेअर्सन सहरमा बाढीको उच्च जोखिम छ । बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दुरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ । बीबीसीका अनुसार ड्नीप्रोको पश्चिममा युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा रुसी नियन्त्रण क्षेत्रबाट २५ हजार गरी झण्डै ४२ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ ।

 

राष्ट्रपति भोलोदिमिर जेलकेन्स्कीले नोभा कखोभ्का बाँधमा रुसले क्षति पुर्‍याएकाे आरोप लगाउनुभएको छ । रुसले आरोप अस्वीकार गरेको छ 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्